नमस्ते नेपालले अब के गर्ने ? कार्यक्रम गर्दै

by समतल अनलाइन
Shares

बुटवल । नमस्ते नेपाल रुपन्देहीको आयोजानमा तिलोत्तमाममा अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ ।

योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना हुने अध्यक्ष मनिष भुषालले जानकारी दिए

कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचता तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनी उर्जाका अध्यक्ष गोपाल पोखरेल लगायतका बक्ताहरुको सहभागीता हुने छ ।

वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गरायो । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले बताए ।

कार्यक्रमा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक खरेलले जानकारी दिए ।

वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

You may also like

This will close in 0 seconds