221
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटबार्ता भएको छ । ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन् । सो भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि कतारका राजदूतसँग आग्रह गरेका हुन् ।
दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो । उक्त अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनीहरूबीच महासंघ र कतार चेम्बरको एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनामा छलफल पनि भएको छ ।
previous post