नेपाल र आयरल्याण्ड ‘ए’ बीचको पहिलो टी–२० आज

by समतल अनलाइन
Shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ‘ए’ बीचको टी–२० सिरिज आज (सोमबार) देखि शुरु हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ टिमसँग आज पहिलो खेल खेल्दै छ ।

त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ । यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँग मार्च २५ र २६ मा दुई टी–२० खेल खेल्दैछ । त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दैछ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुनेछ । नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

You may also like

This will close in 0 seconds