204
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सीतापुर झिर्रामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सोमबार घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका हुन् ।
घटनामा शितगंगा–२ झिर्रा निवासी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पुरिएकी ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
