309
बुटवल , लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन।
उक्त रक्तदान कार्यक्रम मा तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खाणज्यु को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा खाणले रक्तदान महादान भएकोले रक्तदान गर्नको लागि प्रोत्साहित गर्नु पर्ने बताउनु भयो । लुम्बिनी फ्रेन्डस सर्कलका अध्यक्ष पदम न्यौपानेले मानिसको जिबन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले क्लबले रक्तदान को कार्यक्रम गरेको जानकारी दिनुभयो।
previous post