256
काठमाडौं । सरकारले काठमाडौंमा आन्दोलनरत मिटर ब्याजपीडितहरूलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले पीडितहरूलाई पाँच सदस्यीय वार्ता टोली गठन गरेर वार्तामा आउन आह्वान गरेको हो ।
वार्ताका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो ।