280
काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एशोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (शनिबार) खेल्दै छ ।
नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।