कञ्चनमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताः१९ स्वर्ण सहित बुटवलको अग्रता कायमै

by समतल अनलाइन
362Shares

कञ्चन ।रुपन्देहीको कञ्चन गाउँपालिकामा फागुन ३ गते देखि जारी रुपन्देही जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत हिजो दोश्रो दिन मार्शल आर्टका सबै इभेन्ट, एथेटिक्स तर्फ ज्याभलिन थ्रो, शटपुट, १५ सय मिटर, १ सय मिटर, २ सय, ४ सय, ८ सय र रिलेका केही इभेन्टहरु सकिएको छ। अहिलेसम्मको परिणाम अनुसार बुटवल उपमहानगरपालिकाले १९ स्वर्ण १४ रजत र १३ काश्य गरी ४६ पदक सहित रनिङ्ग शिल्डको दावेदारीको अग्रस्थानमा रहेको छ।

यस्तै १३ स्वर्ण १४ रजत र ८ काश्य सहित ३५ पदक सहित तिलोत्तमा नगरपािलका दोश्रो स्थानमा रहेको छ भने ४ स्वर्ण ५ रजत ५ काश्यगरी १४ पदक सहित तेश्रो स्थानमा रहेको छ। यसैगरी ३ स्वर्ण २ रजत ६ काश्य सहित सैनामैना चौथो स्थानमा रहेको छ भने २ स्वर्ण ३ रजत ७ काश्य सहित देवदह पाचौं स्थानमा रहेको रुपन्देही खेलकुद बिकास समितिले जनाएको छ।

आज प्रतियोगिताको अन्तिम दिन छात्र छात्रा तर्फको कबड्डी, भलिवल फाइनल खेल, ३ हजार मिटर दौड, रिले र हाइजम्प सहित सम्पुर्ण खेलहरु संचालन हुने आयोजकले जनाएको छ। कञ्चन ३ को धमिनाताल खेल मैदानमा संचालन भइरहेको उक्त प्रतियोगिताको समापन आज दिउस १ बजे कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु हुने रुपन्देही खेलकुद बिकास समितिका कार्यवाहक अध्यक्ष जय बहादुर सुनारले जानकारी दिनु भएको छ।
प्रतियोगितामा रुपन्देहीका ११ स्थानीय तहका १४ सय भन्दा बढी बिधार्थीहरुले ३७५ पदकका लागि प्रतिस्पर्धा गरिरहेको रुपन्देही खेलकुद बिकास समितिका कार्यलय सदस्य अर्जुन क्षेत्रीले जानकारी दिनु भएको छ।

Comments

You may also like

This will close in 0 seconds