250
बुटवल।बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ। बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल-अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार दिएका हुन्।
बुटवलभित्रका सबै विद्यालयहरुलाई बुटवलको इतिहास र यसक्षेत्रका विषयहरुमाथि लेखेका पुस्तक विद्यालयहरुमा पुर्याउने उदेश्यले पहिलो चरणमा इतिहाससम्बन्धि पुस्तक प्रदान गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।