216
काठमाडौँ । नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्बाधिक ४० रन बनाएकी थिइन् भने सिता राना मगरले ३२ रन बनाएकी थिइन् ।