126
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।