205
काठमाडौँ । नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । नेपालले स्कटल्याण्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो ।
जितका लागि ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर एक बलमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसअघि भएको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १३५ र नामिबियालाई ६ रनले हराएको थियो ।
previous post