पहिलो पाइला बुद्धभुमीद्वारा सितगंगाको गौरा माविमा सेनेटरी प्याड वितरण

by समतल अनलाइन
433Shares

पहिलो पाइला नेपाल बुद्धभुमी शाखा को आयोजना मा सितगंगा नगर पालिका वाड न. १२ मा रहेको गौरा मा. बि मा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । बिधालय मा कक्षा ६,७,८,९ र १० मा अध्ययनरत ८० भन्दा बढी छात्रा हरु लाई सेनेटरी प्याड बितरण र रजस्वलाको समयमा हुने समस्या , ती समस्या समाधान का उपाए , रजस्वला भएको महिला लाई अझै पनि हाम्रो समाजले हेर्ने दृस्ठिकोण , आदिको बारेमा समेत जनचेतना कार्यक्रम गरेको सस्था का कार्यक्रम सह – सचीव दामोदर पौडेलले जानकारी दिए ।

कार्यक्रम सस्थाका उपाध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी सितगंगा न. पा. १२ का वाड अध्यक्ष चोप बहादुर घर्ती मगर ले गर्नु भएको थियो । कार्यक्रम मा पहिलो पाइला नेपाल केन्द्रिय सचिब पारस मरासिनी , केन्द्रिय सल्लाहकार प्रिया लामिछाने , गौरा मा. बि का ब्यवस्थापन समिति अध्यक्ष बेल्बासे र बिधालय का प्राध्यापक कृष्ण प्रसाद शर्मा को बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम मा प्रमुख अतिथि चोप बहादुर घम ले बोल्दै युवाहरु यसरी सामाजिक कार्यक्रम मा कृयासिल भएको देख्दा खुशी लागेको बताउदै आगमी दिनमा पहिलो पाइला नेपाल बुद्धभुमी शाखा संग सहकार्य गरेर अगि बढ्ने इच्छा रहेको बताउदै सस्थाको उज्ज्वल भबिष्य को कामना गर्नु भएको थियो ।

त्यसै गरि सस्था का सचिब पारस मरासिनी ले पहिलो पाइला नेपाल “सधै परिवर्तन को लागि” अघि बढ्ने यो सामाजिक सस्थाले आफ्ना अभियानहरु भाग्य बोक्ने अभियान , न्यानो माया अभियान , एक रुपैया अभियान , आकस्मिक रक्तदान कार्यक्रम, सामाजिक कार्य का लागि उधमशिलता लागाएत का आफ्नो सस्था का अभियान बारेमा प्रकाश पार्नु भएको थियोे । भने कार्यक्रम को स्वागत मन्तव्य सस्थाका सदस्य रतन बि.क. ले राख्नु भएको थियो त्यसै गरि कार्यक्रम को सहजीकरण सस्थाका सचिब रुद्रमणि पौडेल ले गर्नु भएको थियो ।

Comments

You may also like