199
काठमाडौं । उच्च अदालत पाटनले आन्दोलनरत सबैलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो ।
यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तीर्ण करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो । यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो । उनीहरु शुक्रबार नै आवेदन दिइसकेका छन् । तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन चर्काएका थिए ।
आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यस क्रममा दुई जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । ५० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।