268
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज (बुधबार) पनि सुुनुवाइ हुँदैछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो ।