701
			
		
		
			
            
				            
			
			        
    तिलोत्तमा , रुपन्देहीको शैक्षिक  हबका रुपमा स्थापित तिलोत्तमा नगर पालिका अन्तरगत प्याब्सन  तिलोत्तमाको पाँचौ  साधारण  सभा सम्पन्न  भएको  छ ।
संस्थाका अध्यक्ष केएन सागर ज्ञवालीको  अध्यक्षता र केन्द्रीय  प्याब्सनका सहकोषाध्यक्ष हेमलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्षको सांगठनिक  प्रतिबेदन र कोषाध्यक्ष  चन्द्र  अधिकारी  प्रस्तुत  गर्नु भएको प्रतिवेदन छलफल  गरि पारित गरिएको  थियो।
कार्यक्रममा प्याब्सनका नगर सल्लाहकार दामोदर भुषाल , जिल्ला सहसचिव हरि ज्ञवालीले , प्राज्ञिक सल्लाहकार दीपक गौतम लगायतले आफ्नो विचार राख्नु भएको थियो। संस्थाका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत मन्तव्य राख्नु भएको साधारण सभामा संस्थासँग सम्बन्धित विद्यालयका प्राचार्य र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
 
			        

 
												 
														

