216
			
		
		
			
            
				            
			
			        
    बैंकक । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ।
भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन्। थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिए।
स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उनले बताए।
महानिर्देशक सोम्साकले ६।४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६:५० बजे गएको जानकारी दिए।
भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ। ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।
 
			        

 
												 
														

