491
बुटवल। नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार बनाउन प्रदेशका रहेका प्रत्येक जिल्लाबाट एक एक जनाको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता आज बुटवलमा बसेको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट एक एक सिफारिस गरेर पठाउनेको निर्देशन दिने निर्णय गरेको हो । बैठकले हालै सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उपलब्धि मूलक भएको ठहर गर्दे सम्मेलनमा पारित भएका कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।