स्थानीय पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न

by समतल अनलाइन
425Shares

छत्रकाेट गाउँपालिका गुल्मीद्वारा आयाेजित ‘हाम्रो छत्रकाेट’ नामक स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला पालिका भवन भेडुवामा सम्पन्न भएको छ । कार्यक्रमकाे अध्यक्षता छत्रकाेट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले गर्नुभएको थियोे । कार्यक्रममा अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवाली, निवर्तमान उपाध्यक्ष नर्मदा भण्डारी, लाेकराज पन्थी, उत्तरकुमार पराजुली, डा. टंकप्रसाद पन्थ, डा. नारायणप्रसाद पन्थ, वीरबहादुर पुन, पीताम्बर अर्याल, धातानन्द भुसाल, लाेकराज पाण्डे, पशुपति न्याैपाने लगायतका व्यक्तिहरू हुनुहुन्थ्यो ।

कार्यक्रमकाे सुरुमा राष्ट्रगान प्रस्तुत गरिएको थियोे । यसलगत्तै अध्यक्षले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा स्थानीय पाठ्यक्रम अवधारणा र निर्देशिकामा केन्द्रित रही अवधारणापत्र प्रस्तुत गर्ने काम डा. नारायणप्रसाद पन्थले गर्नुभयो । उहाँले पाठ्यक्रमकाे सैद्धान्तिक अवधारणा प्रस्तुत गर्नुका साथै छत्रकाेट गाउँपालिकाले पाठ्यक्रममा समेट्नुपर्ने मुख्य क्षेत्रलाई सङ्केत गर्नुभयो । ‘हाम्रो छत्रकाेट’ पाठ्यक्रमकाे खाका प्रस्तुत गर्ने काम उत्तरकुमार पराजुलीले गर्नुभयो । उहाँले कक्षा १ देखि कक्षा ८ सम्म छत्रकाेटकाे स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने विषयवस्तुकाे क्षेत्र, क्रम र स्तरणसहितकाे खाका प्रस्तुत गर्नुभयो ।

माथिका दुवै प्रस्तुतिमा केन्द्रित रही टिप्पणीकाे जिम्मा डा. टंकप्रसाद पन्थलाई दिइएको थियोे । पाठ्यक्रमसम्बन्धी अवधारणा तथा पाठ्यक्रमकाे खाकामा समेटिएका सबल पक्षलाई उल्लेख गर्नुका साथै थप समेट्नुपर्ने कुरालाई पनि सङ्केत गरियो । प्रस्तावित पाठ्यक्रममा छत्रकाेटकाे प्रतिबिम्ब झल्किनु पर्ने सुझाव समेत प्रस्तुत गरियाे । २०८१ काे शैक्षिकसत्रदेखि पठनपाठन गर्ने गरी काम सम्पन्न गर्ने सुझाव पनि प्रस्तुत गरियो ।
जिल्ला शिक्षा समन्वय गुल्मीका प्रमुख लाेकनाथ मरासिनीले पाठ्यक्रम छाेटाे-मीठाे, छरितो र छत्रकाेटकाे पहिचान बाेकेकाे हाेस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । निवर्तमान अध्यक्ष नर्मदा भण्डारीले ३ वर्षअघि थालेको कामले मूर्तरूप लिन थालेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष रामप्रसाद पाण्डेले अवधारणा प्रस्ताेता, टिप्पणीकर्ता र सहभागीहरूले अमूल्य विचार राखेकाले यी कुरा पालिकाका लागि मार्गदर्शक भएको विचार व्यक्त गर्नुभयाे । उहाँले छत्रकाेट गाउँपालिकाकाे पूर्व स्थानीय सरकारलाई पनि धन्यवाद दिनुभयो । स्पष्ट निर्देशन बनाएर पाठ्यक्रम कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

गाेष्ठीमा शिक्षामा सराेकार राख्ने व्यक्तिहरूले सुझाव प्रस्तुत गर्नुभएको थियो । सुझाव राख्नेहरूमा शाेभाकर पन्थ, रामप्रसाद पन्थी, धाता भुसाल, कालीदास आत्रेय, जीवराज खनाल, मीना गाैतम, कृष्ण पन्त, भरत थापा मगर, रामकृष्ण कंडेल, विष्णु पन्त लगायतले छुटफुट कुरालाई थपेर समृद्ध बनाउनुपर्ने सुझाव दिनुभयो ।

शिखर क्षेत्रका सुन्तला, दिगाम धरमपानीकाे उखु, अदुवा, खुर्सानी, फलफूल, पशुपालन, सामाजिक सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, सम्पदा, व्यक्तित्वका जीवनी, पर्यटन, सम्भावना, आस्था, सेरोफेरो, संघसंस्था, लाेकहितका कुरा, नैतिक मूल्य, लाेकसाहित्य गीतसङ्गीत, स्थानीय खेल, स्थानीय उखान-टुक्का, अत्ताे थाप्ने कुरा, विधागत विविधताकाे प्रतिनिधित्वलाई प्रस्तावित पाठ्यक्रममा समेटिएको छ ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई शब्दद्वारा स्वागत गर्ने काम प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले गर्नुभयो ३ वर्षको मिहिनेतबाट निर्माण पाठ्यक्रममा महत्त्वपूर्ण सुझावकाे अपेक्षा रहेकाे कुरा समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रमकाे सहजीकरण छत्रकाेट गाउँपालिकाका शिक्षाशाखा प्रमुख टीकाराम आचार्यले गर्नुभएको थियोे ।

Comments

You may also like

This will close in 0 seconds