विद्यार्थीको नेतृत्वमा नमस्ते क्रियटिभ फेस्ट २०८० हुँदै

by समतल अनलाइन
569Shares

तिलोत्तमा । बृटिस म्यानेजमेन्टमा सञ्चालित मोफसलको एक मात्र क्याम्बिज विद्यालय नमस्ते एकेडेमीमा यही मङ्सिर ३० गते पूर्णरूपमा विद्यार्थीको नेतृत्व , निर्देशन र सहभागीतामा नमस्ते कृयटिभ फेस्ट २०८० सम्पन्न हुँदैछ। दोस्रो संस्करणका रुपमा सञ्चालन हुने फेस्टको तयारीका लागि कक्षा नर्सरीदेखि बारसम्मका ५०० भन्दा बढी विद्यार्थी दिन रात नभनी यसैको तयारीमा जुटेका छन् ।

विद्यार्थीको टिम वर्क , कृयटिभेटी र लिडरसिप विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस फेस्टमा विद्यार्थीले किताबी ज्ञानका अलावा आफ्नो रुचि अनुसार सिकेका , जानेका र बुझेका विविध पक्षको जानकारी गराइने छ । फेस्टमा आर्ट एक्जिबिसन , फुड फेस्टिबल ,मार्केट , आर्केड ,इ – स्पोर्ट्स टुर्नामेन्ट ,डर्मा , हन्टेड हाउस , लाइभ म्युसिक एड डान्स रहने फेस्टका इभेन्ट म्यानेजर विद्यार्थी मिमांस न्यौपाने बताए ।
कृयटिभ फेस्टले विद्यार्थीमा बिजनेस आइडिया , स्थायित्व , बजारीकरण र रोबोटिकका बारेमा समेत विद्यार्थीका नवीनतम आइडिया सिकाउने र फेस्टको सम्पूर्ण खर्च विद्यार्थीले सृजना गरेको मार्केटबाट उठाउने लक्ष्य राखिएको अप्रेसन सुपर भाइजर विद्यार्थी संगीत कौसलले जानकारी दिदै कार्यक्रमको स्पोन्सर हाम्रो पात्रो , भोज डिल , हुबुटिक र एनजी मार्केट्ले गरेको समेत बताए।

फेस्टमा फालिएका बस्तुको पुन प्रयोग गरि बनाइएका डेकोरेसन , आर्ट एन्ड कार्फ्ट ,ज्वेलरी ,हेन्डिकार्फ्ट, रोबोटिक सामग्रीको पर्दशनी र व्यापार समेत हुनेछ । पुराना पुस्तकको बिक्रीवितरण समेत हुने फेस्टको बजारबाट उठेको रकबाट नेपालको दुर्गम जिल्ला डोल्पामा रहेको हिमालयन डेभलपमेन्ट इनिसिटिभ डोल्पामा शैक्षिक सामग्री बितरण गरिने फेस्टकी कृयटिभ सुपरभाइजर विद्यार्थी सिन्चन थापाले हर्षका साथ योजना सुनाइन।
मोफसलमै विद्यार्थीबाट हुने यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्व , करुणा र अरुका लागि पनि हामीले केही गर्नुपर्छ भन्ने भावनाको विकास हुने विद्यालयका प्राचार्य जिग्मे शेर्पाले भन्नुभयो ।

रुपन्देही क्षेत्र नं ३ का प्रदेश सभासद तुल्सिप्रसद चौधरीको प्रमुख आथित्यतामा सम्पन्न हुने यस फेस्टमा यस क्षेत्रका विभिन्न अगुवा , समाजसेवी , व्यापारी , शैक्षिक व्यक्तित्व , विद्यार्थी, अभिभावक र शुभेच्छुकलाई विभिन्न माध्यमबाट निम्तो गरिएकोले उपस्थिति भइ कार्यक्रममार्फत रुपन्देहीको शैक्षिक विकासमा टेवा पुर्‍याउनु हुन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कँवरले सबै सबैमा हार्दिक अनुरोध गर्नुभयो।

Comments

You may also like

This will close in 0 seconds