234
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७९ रुपैयाँ रहेको छ ।