भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित नमस्ते एकेडेमीमा अध्ययनरत  ७ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन श्रीलंका तर्फ प्रस्थान गरेका छन् । 
१० औं अन्तर्राष्ट्रिय जापान सोतोकन खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । विद्यार्थी , व्यवस्थापक , अफिसियल र टीम प्रशिक्षकलाई एक कार्यक्रमको आयोजना गरी बिहीबार बिदाई गरिएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाह,  आइलेसजङ्ग थापा ,अन्स चौधरी  ,नितिशा श्रेष्ठ , हिमानी थापा मगर ,बेद जैसवाल ,वीरबहादुर  कुमाल   , व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र  कुँवर ,टीम प्रशिक्षक कमरुद्दीन अली र अफिसियल शुलोचना घिमिरेलाई शुभकामना दिदै विदाई गरिएको छ । 
बिदाई कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापक  उमेश कँडेलले  आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो, विद्यालय र राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे ।
 साथै  विद्यार्थीहरुलाई खेल र मन दुवै जित्न आवश्यक रहेको उल्लेख गरे ।
 नमस्ते एकेडेमीले यसअघि २०२२ मा  श्रीलंका र २०२३ मा मलेसिया  गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो । 
प्रतियोगिता १८  नोभेम्बर २०२३  हुँदैछ । श्रीलंकामा कराँते प्रतियोगिताका साथैशैक्षिक  भ्रमण कार्यक्रम पनि रहेको  व्यवस्थापक राजेन्द्र  कुँवरले  बताए। वादोरियो कराँते संघ लुम्बिनी  प्रदेश उपाध्यक्ष  जनेश पन्थीको अध्यक्षता र
 शशस्त्र प्रहरीका डिएसपी  किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  संघका उपाध्यक्ष  शोभाखर पन्थीले पनि शुभकामना  व्यक्त गर्नुभएको  थियो।
Rajendra
 
			        

 
												 
														

