803
बुटवल । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ।मंगलबार बिहान तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।
आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए। भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ। डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो।