168
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । बुधबार(आज) बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका थिए ।
यसैबीच प्रधानमन्त्री ओलीले हेरफेर हुने मन्त्रीहरुको नामावली आजै टुंगो लगाउने तयारी गरेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ ।