332
बुटवल।तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिको पाचौं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । अस्पताल परिसरमा एक कार्यक्रम गरि पाँचौ बर्ष प्रवेशको अवसरमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूको अनुभव, परिपक्वता, लगाव, कार्यकौशलता, इमान्दार र प्रभावकारी भूमिकालेले नै अस्पतालको गरिमा बढाएको भन्दै अस्पताल विकास समितिका अध्यक्ष चिरन्जीवी जोशीले सबैलाई आभार व्यक्त गरेका छन् ।