325
			
		
		
			
            
				            
			
			        
    बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरि प्रसाद अर्याल विजयी भएका छन् । संघको २५ औं अधिबेशनमा आफ्ना प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै अर्याल विजयी भएका हुन ।
अर्याल विजयी बारे केही बेरमा आधिकारिक घोषणा गरिदैछ ।
मंगलबार विहान सम्पन्न मतगणनामा पदाधिकारीमा पनि अधिकांश अर्याल प्यानलकै विजयी भएका छन् । सोमबार सम्पन्न भएको मतदानमा कुल १ हजार ५०६ मत खसेको थियो ।
 
			        

 
												 
														

