134
काठमाडौं । नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ ईकाई खडा गर्ने भएको छ । छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिंदै जाने, सीमाका पिलरहरु हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो ।