301
			
		
		
			
            
				            
			
			        
    काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत अहिले नेपाल र भारतबीच खेल भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।
खेलको २६ औँ मिनेटमा भारतका खेलाडी साहिल खुर्सिदको माध्यमबाट अग्रता लियो । त्यसपछि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । यसअघि भुटानलाई पराजित पाकिस्तान यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । नेपाल र भारतबीचको विजेता टोलीसँग पाकिस्तानले फाइनल खल्ने छ ।
			        

												
														

