166
बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । लक्ष्मिनियास्थित पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।
नेपाल भारत सीमाभन्दा करिब सात सय मिटरभित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक सिंह अन्य तीन जना साथीहरुसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए ।