532
बागलुङ, साउन २० । अविरल वर्षासँग आएको बाढीका कारण बागलुङको बडिगाडमा रहेको कृत्रिम ताल फुटेको छ। बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान फुटेको हो। बडीगाड खोलामा आएको बाढीका कारण बिहान ४ बजे ताल फुटेको हो।
ताल फुट्ने त्रासले बागलुङ र गुल्मीका तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए। ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको स्थानीयले बताएका छन्। गत वर्ष भदौ २९ गते राति खोलामाथिबाट तुरतुरेमा झरेको चट्टानी पहिरोले बडिगाड खोला थुनिएर ताल बनेको थियो। उक्त ताल १ हजार २ मिटर लामो र सय मिटरभन्दा गहिरो छ।
previous post