क्युटेक र मनकामनाको स्नुकर खेलाडीलाई सम्मान

by समतल अनलाइन
Shares

बुटवल। रूपन्देहीको देवीनगरमा रहेको क्युटेक स्नुकर हाउसले गतहप्ता बुटवलमा सम्पन्न जिल्ला स्तरीय स्नुकर प्रतियोगीताकाे विजेता तथा उप विजेता खेलाडिहरूलाई सम्मान गरेको छ ।

बुधबार स्नुकर हाउसमा सम्पन्न एक कार्यक्रममा विजेता खेलाडी एबम रूपन्देही पुल तथा स्नुकर संघका महासचिब समेत रहेका शंकर खड्का र उप विजेता भैरहवाका शिशिर गुरुङ्गलाइ सम्मान गरीएको हो । उनीहरुलाइ १,१ थान स्टिक बक्स प्रदान गरिएको थियो भने खाँदा र अविरले सम्मान गरीएको थियाे । सम्मान कार्यक्रममा बोल्दै स्नुकरका संचालक एबम स्नुकर संघ रूपन्देहीका निबर्तमान अध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्थानिय खेलाडिहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरीएको वताए।

 

उनले रुपन्देहीमा स्नुकर खेलाडिहरुको बाक्लो उपस्तिथि रहेको बताउदै सबै क्षेत्रका व्यक्तिहरूले स्नुकर खेलाडिहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै सम्मानित हुने खड्का र गुरुङले क्लवले सम्झेर सम्मान गरेकोमा खुशी प्रकट गरेका थिए । यस्तै मनकामना स्नुकर हाउसका सञ्चालन वासु प्रधानले पनि विजयी तथा उप विजेता खेलाडी खड्का र गुरुङलाइ सम्मान गरेका छन् । बुधबार नै क्लब हाउसमा उनीहरूलाई सम्मान गरिएको हो ।

 

You may also like

This will close in 0 seconds