संबिधान कार्यन्वयनमा जोड दिनु पर्छ ः प्रदेश गृहमन्त्री पाण्डेय

by समतल अनलाइन
Shares

रुपन्देही ।लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले संबिधान कार्यन्यनमा जोड दिएका छन् । सियारी गाउँपालिकामा आयोजित संबिधान दिवस तथा चौथो सियारी शिक्षा दिवसको अबसरमा बोल्दै गृहमन्त्री पाण्डेले संबिधानलाई सबैको साझा दस्तावेजको रुपमा स्वीकार गर्नका लागि आबश्यकता र समयको माग अनुसार संबिधान संसोधन गर्दै संबिधान कार्यन्वयनमा जोड दिएका हुन् ।

मन्त्री पाण्डेले प्राबिधिक शिक्षामा पनि जोड दिएका छन् । प्राबिधक र युग सुहाउदो शिक्षाको अभावमा अहिले पनि माग बमोजिमको दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरे । उनले भने मलाई थुप्रैले जागिर लगाउन भन्नुहुन्छ तर बिडम्बना, जागिर पाईएको ठाउँमा जक्ष व्यक्ति नपाउदा अहिले पनि उक्तिकै समस्या झेलिरहेका छौं ।

मन्त्री पाण्डेले सियारी गाउँपालिका पर्यटकिय गाउँपालिकाको रुपमा परिचित हुदै गएको उल्लेख गर्दै पर्यटकलाई अतिथी देवो भवको रुपमा सम्मान र सत्कार गर्नु पर्नेमा जोड दिए । उनले पर्यटकका लागि सडक पुर्वाधार पनि महत्वपुर्ण आधार रहेको हुदाँ वेथरी देखि छपियासम्मको सडकको स्तरोन्नती गर्नका लागि बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईले प्राबिधिक शिक्षा र पुर्वाधार बिकासमा जोड दिनु पर्नेमा जोड दिएका छन् ।

सो अबसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिक्षा प्रणालीमा सुधार गर्दै १२ पास गरेपछि बिदेश पलायन हुने युवाहरुलाई रोक्नु पर्नेमा जोड दिएका छने । उनले नेपाली युवाहरु साना तिना काम गर्न परे नेपालमा किन काम गर्ने बिदेश गरेर गर्ने भन्ने सोचका कारण युवाहरु बिदेश पलायन हुने क्रम बढेकाले यसलाई चिर्न जरुरी रहेको बताउदै नेपालमै पाईने दक्षता अनुसारको काम गर्न युवाहरुलाई आग्रह गरे ।

सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको स्वागतमा सम्पन्न कार्यक्रममा बोल्दै सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीलाई समुन्नत र सबैको साझा पालिकाको रुपमा बिकास गर्दै जाने उल्लेख गरे । उनले सियारीलाई शिक्षा, उद्यम, राजनीतिक तथा सामाजिक क्षेत्रका माध्ययमबाट चिनाउने अग्रज व्यक्तिहरुलाई सम्मान गर्न पाउदा खुसी भएको उल्लेख गरे ।

You may also like

This will close in 0 seconds