225
बुटवल।रक्तदाताले दिएको रगत विरामीले नि:शुल्क पाउने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाईएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले आइताबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व र कर्तब्य हो भने नि:शुल्क रगत पाउनु पिडित पक्षको नैसर्गिक अधिकार हो भन्ने मूल नारासहित सामाजिक कार्यमा क्रियाशील रक्तदाता समाजको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएको र यथाशिघ्र यस बिषयलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको समाजका महासचिव कृष्ण चौहानले जानकारी दिए ।
previous post