देशको भूमि जोगाउन सरकार जाग्नुपर्छः कांग्रेस नेता पौडेल

by समतल अनलाइन
177Shares

इलाम।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्ने बताएका छन् । आज इलाम सदरमुकाममा आयोजित आमसभामा वरिष्ठ नेता पौडेलले भूमि जोगाउन सरकारले पहल गरेमा सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

भारतले केही समय अघि मात्रै सार्वजनिक गरेको ‘राजनीतिक नक्सा’का बारेमा बोल्दै पौडेलले वर्तमान सरकारले आफ्नो भूभाग जोगाउन चाँडो पहल शुरु गर्नुपर्ने उल्लेख गरे।

“हामीले अन्तर दलीय छलफलमा पनि भनेका छौँ, सरकारले प्रत्यक्ष रूपमा छलफल गर्नुपर्छ भनेर”, उनले भने, “देशको सबै सीमा क्षेत्रमा सीमा समस्या छ । त्यसका बारेमा पनि सरकारले आधिकारिक धारणा राख्नुपर्छ ।”

उनले सांस्कृतिक, पहिचानको धनी भएकाले सीमा समस्या हटाउन नेपाली सबै एक जुट भएर लाग्नुपर्ने बताए ।

You may also like