एडभान्समा ११ औ ब्याचलाई स्वागत

by समतल अनलाइन
Shares

तिलोत्तमा। तिलोत्तमाको शंकरनगरमा अवस्थीत एडभान्स स्टडी अफ हेल्थ साईन्स प्रा.ली ९ नर्सिड्ड कलेजका दास्रो र तेस्रो वर्षका विद्यार्थीले पहिलो वर्षका ११ औ ब्याचलाई एक कार्यक्रमका बिच स्वागत गरेका छन ।

कलेजकी विद्यार्थी संगठन प्रमुख छात्रा आस्मागौतमको सभापति, कलेजकै प्रवन्ध निर्देशक चेत नारायण भण्डारीको प्रमुख आतिथ्यता तथा बुटवल हस्पीटल प्रालीका प्रवन्ध निर्देशक मुक्ति पौडेल र कलेजकै क्याम्पस प्रमुख सुस्मा पाण्डेको बिशिष्ट आतिथ्यता लगाएत अन्य अतिथिका बिच स्वागत गरिएको हो । नर्सिड्ड दास्रो वर्षकी छात्रा मोनिका थापाले स्वागत मन्तव्य दिदै पहिलो वर्षका बहिनीहरुलाई कलेज परिवारमा स्वागत गर्दै आफ्नो लक्ष्यमा पुग्न अनुशाशित भै अध्ययन गर्न आग्रह गर्दै अप्ठ्यारा खुड्कीलामा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताईन भने आफुहरुलाई भव्य कार्यक्रमका बिच स्वागत गरेकोमा पहिलो वर्षकी छात्रा सृष्टीका शाहिले धन्यवाद ज्ञापन व्यक्त गरेकि थिईन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रवन्ध निर्देशक भण्डारीले देशमै उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भन्ने मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको संचालन भने स्मृती खनाल र जानका रानाले गरेका थिए ।

You may also like

This will close in 0 seconds