124
काठमाडौँ । कलाकार हरिवंश आचार्य राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित भएका छन् । आज (मंगलबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मान प्रदान गरेका हुन् । ‘महापुरुष’ चलचित्रबाट उत्कृष्ट अभिनेताकाा रूपमा हरिवंश सम्मानित भएका हुन् ।
यस्तै ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेत्रीमा दिया मास्के सम्मानित भएकी छिन् । त्यस्तै जुरी स्पेसल मेन्सनमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ उत्कृष्ट भएका छन् ।