159
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
काठमाडौंलाई ट्रान्जिट बनाएर कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो । उडान तालिका अनुसार हरेक हप्ताकाे मगलबार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।
previous post