तिलोत्तमा।ब्रिटिस कलेज काठमाडौको म्यानेजमेन्टमा सञ्चालित नमस्ते एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूह नेपाली र चाइनिज ज्ञान, सीप ,कला र संस्कृति आदान प्रदान गर्ने उद्देश्यले चाइना प्रस्थान गरेका छन् 
।
संसारकै दोश्रो ठूलो जनसंख्या र आर्थिक विकाश गरेको संसारकै ख्याति प्राप्त बेस्टन इन्टरनेशनल चाइना क्याम्पस, सिजोजाङको निमन्त्रणा तथा विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत कक्षा १० मा अध्ययनरत नौजना विद्यार्थी सह प्राचार्य लिलामणि पाण्डेको नेतृत्वमा चीन प्रस्थान गरेका हुन । एक हप्ते चाइना बसाइमा विद्यार्थीले चाइनाको राजधानी बेजिङ , स्पेस म्युजिएम , झेन्डिङ टुर, सिजोजाङमा रहेका औद्योगिक ग्रामको अध्ययन अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिनुभयो ।
चिन बसाइको अवसरमा विद्यार्थीले सिजोजाङमा रहेका स्कुल क्याम्पसको पठन पाठनको विधि सिक्ने, चाइनिज भाषा सिक्ने, त्यहाँका कला, संस्कृतिको अध्ययन गर्ने, चाइनाको आर्थिक र भौतिक प्रगति अवलोकन गर्नुका साथै नेपाली शिक्षा, कला, संस्कृतिका बारेमा ब्रिफिङ गर्नुका साथै त्यहाँका विभिन्न स्कुल क्याम्पसमा शैक्षिक अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनु भयो ।
चाइना भ्रमणको तयारीका लागि तिन महिना अगाडि बेस्टर्न इन्टरनेसनल स्कुल चाइना क्याम्पसबाट विद्यालयका प्रिन्सिपल लगायतको समूहले नमस्ते एकेडेमीको भ्रमण गर्नु भएको थियो । भ्रमणको पूर्व सन्ध्यामा चाइनाबाट आउनु भएका विद्यार्थी लिउ रु ननले दुई हप्ता नमस्ते एकेडेमीमा बसी भ्रमण दल र अन्य सम्पूर्ण विद्यार्थीलाई चाइनाको समग्र अवस्थाका बारेमा ज्ञान र अनुभव शेयर गर्नुका साथै नेपाली विद्यार्थीले चाइना भ्रमणका क्रममा पालना गर्नु पर्ने आचार संहिता, त्यहाँको हावापानी, भाषा र चाइनाले कसरी शिक्षालाई श्रम र रोजगारीसित जोडेको छ भन्ने विषय सिकाएका थिए ।
विद्यालयका सह प्राचार्यको नेतृत्वमा कक्षा १० का विद्यार्थी आकृति कँडेल , अभिलाषा शेरचन , स्वीकृति पंगेनी , तमन्ना भण्डारी , गृष्मा बन्जाडे , तृशु अग्रहरी , दिलाशा खरेल , नसिब भुसाल , रिएस थापा चाइना प्रस्थान गर्न लागेका छन् । मोफसलमा पहिलो पटक विदेशी विद्यालयमा विद्यार्थी एक्सचेन्ज गर्न लागेको एकेडेमीका विद्यार्थी आगामी वर्ष जापान र क्यानडाको शैक्षिक कार्यक्रममा सहभागी हुनेछन ।
			        

												
														

