120
रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका– १ मा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा चन्द्रपुर– १ की अन्दाजी ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएको हो । ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । पहिला ठक्कर मात्र दिएको ट्रकले पछि ब्याक गरेर बिमलीको हत्या गरेको स्थानीयको आरोप छ ।