289
बुटवल । विश्वविद्यालय अनुदान आयोगद्वारा क्युएए सर्टिफाइड सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलमा स्नातकोत्तर तह एमबीएस चौथो सेमेष्टरमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि एक दिने शोधपत्र लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एमबीएसमा अध्ययन गर्ने विद्यार्थीहरुले ६ क्रेडिट आवरको पाठ्यभार पूरा गर्नका लागि अनिवार्य रुपमा गर्नुपर्ने शोधपत्र लेखन संग सम्बन्धीत विषयवस्तु, लेखन प्रक्रिया, शोधपत्रको ढाचा, मूल्याङ्कन मापदण्ड, लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व सहायक डिन दिनेशमणी धिमिरे तथा व्यवस्थापन केन्द्रिय विभागका सह प्राध्यापक डा. मनोज कुमार चौधरीले विद्यार्थीहरुलाई सहजीकरण गर्नु भएको थियो ।
previous post