३.९६ जिपिए सहित अक्सफोर्ड मा.वि ले ल्यायो उत्कृष्ट रिजल्ट

by समतल अनलाइन
Shares

बुटवल।राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरेसंगै अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ ।

विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले ए प्लस ल्याएका छन् । विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ जिपिए ल्याएर उत्कृष्ट बनेकी छिन् ।

त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० जिपिर अङ्‌क ल्याएका छन् भने सागर सिङ्‌ले ३.८५ जिपिए युवराज भण्डारीले ३.८१ जिपिए प्राप्त गरेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयाे। विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक सुमन भुसालले बताउनुभयाे। अक्सफोर्ड मा.वि बाट यस बर्षको नतिजामा ८६. प्रतिशत उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत अक्सफोर्डकाे नतिजा देशकै उत्कृष्ट भएकोमा विद्यार्थी ,अभिभावक ,प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

You may also like

This will close in 0 seconds