होराइजन गौतम बुद्ध मा.वि.मा भ्याट बिल बनाउने,भौचर इन्ट्री गर्ने तालिम

Shares

तिलोत्तमा । होराइन गौतम बुद्ध मा.वि.मा ‘ आधारभुत लेखा तालिम’ सम्पन्न भएकाे छ । कक्षा १२ का विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान दिने उद्देश्यका साथ श्रावण २३ गतेदेखि उक्त तालिम सञ्चालन गरिएको थियोे ।

लेखा विषय सम्बन्धि विज्ञ ट्रेनर, मिराकल ट्रेनिङ् एण्ड कम्प्युटर इन्स्टिच्यूटका ट्रेनर श्री गोविन्द घिमिरेले होराइजन गौतम बुद्ध मा.वि. कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक लेखाविधि सम्बन्धि तालिम दिनुभएकाे हाे।
विगत वर्षहरूमा पनि व्यक्तित्व विकास, नेतृत्व विकास, बैंकिङ् तालिम, मास्टर्स अफ सेरोमनी जस्ता तालिमको सञ्चालन गर्दै आएको यस विद्यालयले यस वर्ष भने विद्यार्थीहरूलाई ‘लेखाविधि तालिम’सन्चालन गरेको विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिनुभयो ।

कक्षा १२ व्यबस्थापन संकायमा अध्ययन गर्ने १० वटा सेक्सनका करिब ५०० जना विद्यार्थीहरूलाई उक्त तालिम दिनु पर्ने भएको हुं“दा तालिम श्रावण २४ गतेसम्म सञ्चालन गरेको संयोजक नारायण प्रसाद पन्थले बताउनुभयो । कार्यक्रममा विद्यालयलयका उपप्राचार्य इन्द्र भुसाल, ज्ञानेश्वर ज्ञवाली एवम् संयोजक रुद्र भुसालले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नु पर्ने सन्देश सहितको मन्तव्य राख्नुभएको थियो ।

तालिमबाट विद्यार्थीले व्यवहारिक जीवनमा लेखाविधिको व्यवहारिक प्रयोग सम्बन्धी आधारभूत कुराहरूको बारेमा ज्ञान हासिल गर्ने हुं“दा व्यवस्थापन संकायका सम्पूर्ण विद्यार्थीहरूलाई यो तालिम अत्यावश्यक रहेको कुरा विद्यालयका उपप्राचार्य इन्द्र भुसालले बताउनुभयो । लेखाशास्त्र विषयका विभागीय प्रमुख रवि रानाले लेखासम्बन्धी शैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान दुवै विद्यार्थीहरूलाई आवश्यक पर्ने हु“दा विद्यार्थीहरूको व्यवहारिक ज्ञानको दायरा फराकिलो पार्न तालिम फलदायी हुनेमा जोड दिनुभयो ।

तालिममा सहभागी विद्यार्थी निशान क्षेत्रीले भ्याट बिल बनाउने, भौचर इन्ट्री, ट्रँन्जेक्सन विश्लेषण, फाइनल एकाउन्ट तयारी, सन्तुलन परिक्षण, वासलात लगायतका कुराहरूलाई कसरी व्यापारमा प्राक्टिकल्ली प्रयोग हुन्छ भन्ने कुरा सिक्न पाएको हु“दा यो तालिम निकै फलदायी भएको कुरा बताए ।

You may also like

This will close in 0 seconds