कपिल ज्ञवाली
बुटवल । विश्व मधुमेह दिवसको बुटवलमा क्रियाशिल विभिन्न ११ वटा लायन्स क्लबहरूको संयुक्त आयोजनामा बुटवलमा जनचेतना मूलक र्याली निकालिएको छ । सोहि कार्यक्रममा सहभागि सबैको निशुल्क मधुमेह परिक्षण गरिएको छ । ‘परिवारलाई मधुमेहबाट बचाऔं, आनीबानी बदलौं सचेतना जगाऔं भन्ने नारा सहित जनचेतनामूलक र्याली र निशुल्क मधुमेह परिक्षण गरिएको हो ।बुटवलको बालमन्दिर परिषरबाट बाजागाजा सहित र्याली निकालिएको थियो । सो र्याली ट्राफिकचोकमा आएर समापन गरिएको छ ।

तस्वीर: कपिल ज्ञवाली
लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि २ एरिया ४ अन्तर्गतका क्लवका १ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।लायन्स क्लबका मल्टिपल चेयर पर्सन सुनिल वझाले १८ महिने अभियानबाट १ लाख ६० हजार जनाको निशुल्क मधुमेह चेकजांच समेत गरिने बताए ।
कार्यक्रमका प्रचार–प्रसार संयोजक शंकर पाण्डेले आफूहरुले रुपन्देहीका १६ वटै पालिकामा मधुमेहको चेकजाँच कार्यक्रम राखिएको बताए ।क्लबका सल्लाहकार अर्जुनमान सैजुले बुटवलका सबै वडाहरुमा पनि कार्यक्रम राखिएको बताए ।

तस्वीर: कपिल ज्ञवाली
कार्यक्रममा लायन्स क्लब अफ बुटवल सयपत्री, लायन्स क्लब अफ बुटवल मनी उजेस, लायन्स क्लब अफ बुटवल क्षितिज, लायन्स क्लब अफ बुटवल डाइनामिक लेडिज, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लब अफ बुटवल स्मार्ट, लायन्स क्लब सिद्धार्थनगर युथ, लायन्स क्लब अफ बुटवल स्टार, लायन्स क्लब अफ बुटवल युर्थ लायन्स क्लब अफ रुपन्देही, लायन्स क्लब अफ बुटवल चौतारीलगायतको सहभागिता रहेको थियो ।

तस्वीर: कपिल ज्ञवाली
विश्व स्वाथ्य संगठनका अनुसार विश्वभर ४२ करोड मयस्कहरु मधुमेह रोग रहेको बताइन्छ । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाही मधुमेह अर्थात चिनीरोग भएको भनिन्छ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको प्रतिशत त्यही हाराहारीमा रहेको अनुमान छ ।

तस्वीर: कपिल ज्ञवाली