चलचित्र बगानको टिमले मंगलबार बुटवलमा दर्शकसंगै फिल्म हेर्ने

by समतल अनलाइन
Shares

बुटवल । पारिवारिक नेपाली फिल्म बगान ले दर्शकको माया पाएकै छ।बगान’ले प्रदर्शनको ११ औं दिन सोमबार पनि राम्रो व्यापार गरेको निर्माता वाग्लेले बताए । उनले भने, ‘आज पनि हामी धेरै हलमा पुग्यौं ।

केही हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।’एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो फिल्म हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ। सरोज खनाल निर्देशित फिल्मले शो बाट कमाइ पनि राम्रो गरेको सन्दर्भमा दर्शक संग खुसी साट्न फिल्म टिमका निर्माता सुरेश वाग्ले तथा नायिका प्रमिला कार्की साउन ९ गते मंगलबार बुटवलको भाटभटेनीमा रहेको क्यु एफ एक्स मा दिउसो ३ बजेको शो हेर्न आउने भएका छन्। दर्शकको प्रतिक्रिया लिंदैदर्शक संगै फिल्म हेर्न देश दौडाहामा आएको नायिका प्रमिला बताउछिन।

फिल्म युनिट गत हप्ता सरोज खनाल करिश्मा मानन्धर सहित प्रमोशनको लागि आएको थियो। सामाजिक कथामा बनेको पारिवारिक कथा बगानलाइ दर्शकले औधी रुचाएको फिल्म निर्माता सुरेश वाग्ले बताउछन।

You may also like

This will close in 0 seconds