रेडियो लुम्बिनीले कर्मचारीको पारिश्रमिक दिएन, अध्यक्ष दुर्गा पाण्डे भन्छन” हिसाबै छैन”

Shares

तिलोत्तमा। उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियोको नामले परिचित तिलोत्तमा-५ मा अवस्थित रेडियो लुम्बिनीको कर्मचारीलाई तलब नदिए पछि दुर्दशा भएको छ। १८ बर्ष देखि कार्यरत कर्मचारीको तलव तथा अन्य पारिश्रमिक नदिएपछि रेडियो छाडेका ६ जना कर्मचारीले निबेदन दर्ता गराएका छन्। पटक पटकको मौखिक ताकेतालाई वास्ता नगरेपछि कर्मचारीहरु आन्दोलित हुन लागेको कर्मचारी मध्यका एक प्रकाश गौतमले बताए।गौतमले भने ” पटक पटक रेडियोका अध्यक्ष दुर्गा पाण्डे, स्टेसन म्यानेजर मिनाक्षी न्यौपाने लगायत समितिका केहि पदाधिकारीलाई सो बारे कुरा राख्दा वास्ता नगरेको र अध्यक्ष दुर्गा पाण्डेयले कसैको पनि हिसाव नभएकोले दिन नसकिने ठाडो जवाफ दिएका छन्। कोरोना कहर आउदै गर्दा आफुलाई भोली देखि कार्यालय न आउनु भनेर निकालेको भन्दै अर्का कर्मचारी हुमनाथ भट्टराईले १८ बर्ष सम्म काम गरेको संस्थाको अपहेलना र पारिश्रमिक नदिएको घटनाले आफु दुखित भएको बताएका छन्।

बिज्ञापन प्रमुखमा कार्यरत मोहन न्यौपाने (मोति) ले आफुले २०७५ सालमा रेडियो छोड्दा सबै प्रक्रिया पुर्याएर हिडेको तर त्यसयता रेडियोले दिन भएको मासिक तलब, संचय कोष तथा विभिन्न पारिश्रमिक समेत नदिएको बताएका छन्। सो सम्बन्धि सामुहिक निबेदन दिदा समेत रेडियोले वास्ता नगरेको प्रति उनको घोर बिरोध छ। यस सम्बन्धी अध्यक्ष दुर्गा पाण्डे , कोशाध्यक्ष बिष्णु पाण्डे र स्टेसन म्यानेजर मिनाक्षी न्यौपाने लाइ समेत पटक पटक जिज्ञासा राख्दा कुनै जवाफ नदिकन तर्कको प्रति उनको दुखेसो छ। १२/१३ बर्ष सम्म जागिर दिनरात गरियो तर श्रमिकको आवाज उठाउने रेडियोले नै श्रमिक प्रतिको सम्मान गर्न नसकेको प्रति उनले कडा बिरोध जनाएका छन्। त्यसो त आफु दृष्टिबिहीन भएर समेत रेडियोको जिम्मेबारी पुरा गरि गरि काम गरियो तर आफुलाई पारिश्रमिक नदिएको प्रति कार्यक्रम प्रस्तोता टिकाराम घिमिरेले दुख ब्यक्त गरेका छन्। हरेक जिम्मेबारी दुख कस्टका साथ् निभाइयो तर हाम्रो दुख रेडियोले बुझेन दुखेसो पोख्दै दृष्टिबिहिन पत्रकार टिकाराम घिमिरेले आफुले पाउनु पर्ने पारिश्रमिक यथाशिघ्र पाउनुपर्ने बताएका छन्।

तलव तथा सुबिधा नपाएको भन्दै विभिन्न समया रेडियोमा छलफल गर्न गएको तर कार्यसमिति र रेडियोका स्टेसन म्यानेजरले समेत कुनै प्रतिक्रिया नदिएपछि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारीहरु बताउछन। यस प्रति रेडियोको धारणा बुझ्न बर्तमान अध्यक्ष दुर्गा पाण्डेसंग बुझ्दा रेडियोमा हिसाव नभएको र सच्य कोष तथा अन्य सुबिधाहरु पनि दिन नसक्ने बताएका छन्। ताकि यस अघि उनले कर्मचारीहरुसंग एक एक हिसाब समेत मागेका थिए। रेडियोले अहिले तिलोत्तमा टिभि समेत संचालन गरेको छ। यस सम्बन्धि नेपाल पत्रकार महासघ र विभिन्न संचार नियमक संस्थामा जानकारी गराउदा समेत खासै वास्ता नभएको पुर्व कर्मचारीहरु बताउछन।

You may also like

This will close in 0 seconds