जन्मदिनमा बृक्षारोपण

by समतल अनलाइन
Shares

बुटवल। हरेक पटक विभिन्न समाजिक संघ सस्था बाट समाजमा सेवा गर्दै आइरहेका मधुसुदन नेपाल (बिपिन) ले यसपटक आफ्नो जन्म दिन केही फरक शैलीले मनाएका छन् । पछिल्लो समय जन्म दिनमा धेरै फजुल खर्च हुदै आइरहेको र यस पल्ट देखि केहि फरक तरिकाले गर्ने सोचाइ सँगै उनले आफ्नो जन्म दिन मनाउँदा बृक्षारोपणमा गरि आफ्नो दिनको शुरुवात गरेका थिए ।

उनि अहिले आवद संस्था नमस्ते नेपालको कार्यसमिति सदस्य रहेका नेपाल उक्त सस्थाले जन्म दिनमा बृक्षारोपन अभियान चलाउदै आएकोर उक्त अभियाचन चलाएको ४ बर्ष पनि पुरा भएको नेपालले बताए | आफ्नो जन्म दिनको अबसर पारेर नेपालले आइतवार रुपन्देही तिलोतमा नगरपालिका स्थित शंखनगर स्वास्थ चौकिमा नमस्ते नेपालका सदस्स एवम् आफ्ना साथिहरु सँगै बृक्षारोपण गरे ।

बृक्षा रोपन गरेर जन्मदिन मनाउनुको कारणबारे उनले भने,‘ हरेक क्षेत्र नमस्ते नेपाल सँगै कार्य गर्दै आएको सोहि सरह संस्थाको अभिभारालाइ आत्म साथ गर्दै र विभिन्न स्थान बाट समाजलाइ सेवा पुराउदै आएको र यो पल्ट यस्तै अन्य सामाजिक काम पनि गर्ने उदेश्यले वातावरण सँरक्षणको लागि यसपटकबाट बृक्षारोपण गरेको हुँ ।

उनले त्यहाँ विभिन्न प्रजातिको बृक्षारोपण गरेको बताए वातावरण लाइ असर नहुने सोच्छ र स्वस्थ चौकिमा हरियालि वातावरण भए विमारिहरुलाइ वातावरण प्रतिकुलले पनि उनिहरुको स्वस्थमा असर नहुने भएकोले उक्त स्थानमा बिरुवा रोप्ने काम गरियो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न पनि हाम्रो सस्था त्यहाँ पुग्ने छ ।’ ति बिरुवाहरु सँरक्षण गर्दै हुर्काउन स्वस्थ चौकि सहित नमस्ते नेपाले जिम्मा समेत लिने गरेको पनि उनले बताए ।

You may also like

This will close in 0 seconds