बलेसहित सम्पत्ति शुद्धीकरणको हिरासतमा ‘भीआइपी’ जुवाडे

by समतल अनलाइन
Shares

काठमाडौं । दुई करोड ६७ लाख नगदसहित जुवा खालबाट पक्राउ परेकामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । सोमबार बेलुका छुटेलगत्तै उनीहरूलाई प्रहरीले फेरि नियन्त्रणमा लिएर विभागमा बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति ३० हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको थियो । जुवाखालबाट ठूलो रकम बरामद भएको र त्यसको स्रोत खोज्न विभागले उनीहरूमाथि छानबिन थालेको हो । विशेष अदालतले उनीहरूलाई २० दिन थुनामा राखेर छानबिन गर्न म्याद दिएको छ ।

बुधबारदेखि उनीहरूको बयान हुनेछ । बयान लिएपछि धरौटी मागेर उनीहरूलाई छाड्ने र मुद्दा दायर गर्ने विभागको तयारी छ । पक्राउ परेका २५ मध्ये केही चालक तथा कमजोर आर्थिक अवस्थाका भएकाले उनीहरूलाई सुरुमा छाडिने विभागका एक अधिकारीले बताए । मुख्य खेलाडीलाई दुई करोड ६७ लाख नै बिगो दाबी गरी विभागले मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीले गत ९ कात्तिकमा पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, रञ्जन राजवंशीलगायतलाई पक्राउ गरेको थियो ।

जुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, सोभित सिलवाल, गेल्जे लामा, बलराम सापकोटा ‘बले’, धावा लामा, मुक्ति लामा, शम्भुबहादुर बुढाथोकी, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुली पनि पक्राउ परेका थिए । उनीहरूमध्ये केही अस्पताल भर्ना भएका छन् । नयाँ पत्रिका दैनिकबाट

You may also like

This will close in 0 seconds