151
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम बिबाह बन्धनमा बाँधिएकी छिन् । चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क लगनगाँठो कसेकी हुन् ।
हाल जापानमा रहेकी सांसद गौतम गत जेठ ७ मा बिबाह बन्धनमा बाँधिएको पारिवारिक स्रोतले जनाएको छ । जापान जानुअघि गौतमले पार्टीमा जानकारी गराएकी थिइन् । उनले आफ्नो व्यक्तिगत कामको सिलसिलामा जापान लान लागेको मेसेन्जरमार्फत पार्टीमा जानकारी गराएकी थिइन् ।