153
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्निर्माणका लागि गुट भत्काउनै पर्ने बताएका छन् ।
कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज काठमाडौंमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनु पर्ने बताएका हुन् ।
कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनु पर्छ, कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने । उनले कांग्रेसले युवालाई भविष्यप्रति आशावादी बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कांग्रेस बनाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ थियो ।
previous post