‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट ६ जना सम्मानित

by समतल अनलाइन
Shares

काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट पत्रकार, स्वास्थ्यकर्मी एवं विभिन्न संस्थालाई पुरस्कृत गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य कर कोष सचिवालयले पत्रकार, स्वास्थ्यकर्मी एवं संस्थालाई रु ५० हजारका दरले कदरपत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा स्वास्थ्यकर्मी प्राडा रिता थापा र डा भक्त केसी एवं पत्रकार पद्मराज जोशी हुनुहुन्छ । यस्तै विराटनगर महानगरपालिका, एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठान पनि पुरस्कृत भएका छन् । सुर्तीजन्य पदार्थ आयात, उत्पादन, बिक्री वितरण गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने, जनचेतना जगाउने, प्रचलित कानुन कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुर्‍याउने एवं सो क्षेत्रमा कार्यरत उत्कृष्ट व्यक्ति, संस्था, तथा निकायलाई पुरस्कृत गरिएको हो ।

You may also like

This will close in 0 seconds